दिगो विकास लक्ष्य भन्नाले के बुझ्नुहुन्छ ? यी लक्ष्यका अन्तरनिहित सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।

दिगो विकास लक्ष्य भन्नाले के बुझ्नुहुन्छ ? यी लक्ष्यका अन्तरनिहित सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।
पृथ्वी र मानव जातिको साझा हित संरक्षण र प्रवर्द्धन गर्दै शान्ति, समृद्धि र विकासका लागि तय गरिएका विश्वव्यापी साझा कार्यसूची नै दिगो विकास लक्ष्य हुन् । संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१६ देखि २०३० सम्मको अवधिमा हासिल गर्ने गरी १७ लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३२ वटा विश्वव्यापी सूचक निर्धारण गरिएको छ । यी लक्ष्यमा अन्तरनिहित सिद्धान्तहरू निम्नानुसार छन् : क) विश्वव्यापकता : यो कार्यसूचीको दायरा विश्वव्यापी छ र यी लक्ष्य प्राप्त गर्न विकसित वा अविकसित, धनी वा गरिब सबै हैसियतका मुलुकको प्रतिवद्धता रहेको छ । ख) कसैलाई पछाडि नछाड्ने मान्यता यो कार्यसूचीले गरिवी र वञ्चितीकरणमा रहेका समूह विशेषका चुनौती र संवेदनशीलता सम्बोधन गर्दै साझा समृद्धि हासिल गर्ने अठोट लिएको छ । विकासको लाभ सबैमा व खण्डीकृत तथ्याङ्कमा जोड दिइएको छ । ग) अन्तरसम्बन्धता र अविभाज्यता : दिगो विकासलाई पृथक् रूपमा नहेरी आर्थिक तथा सामाजिक विकास एवं वातावरण संरक्षणको एकीकृत अवधारणाका रूपमा बुझ्नुपर्छ । दिगो विकासका १७ लक्ष्य एक आपसमा अन्तरसम्वन्धित अन्तरप्रभावी र परिपूरक छन् । लक्ष्य कार्यान्वयनलाई समष्टीगत रूपमा अगाडि बढाउनुपर्छ । घ) समावेशिता: समाजका जुनसुकै जात, लिङ्ग, समुदाय वा पहिचानका मानिस यी लक्ष्यको कार्यान्वयनमा भाग लिन वा सहभागी हुन पाउनुपर्छ । भावी पुस्ताको भविष्यप्रति संवेदनशील हुँदै वर्तमानमा नीति निर्माण र कार्यान्वयन गर्दा बालवालिका, किशोर-किशोरी र युवाका चासो र सरोकारलाई सम्बोधन गर्नुपर्छ । ङ) बहु सरोकारवालाको सहकार्य र साझेदारी : लक्ष्य हासिल गर्न सरकारका सबै अङ्ग, अन्तर्राष्ट्रिय दातृ निकायहरू, लगानीकर्ता, परोपकारी संस्था तथा समाजका सबै अवयवको ज्ञान प्रविधि विज्ञता र आर्थिक स्रोतको परिचालन र आदानप्रदान आवश्यक हुन्छ । सरोकारवालावीचको आपसी सहकार्य र साझेदारी नै लक्ष्य प्राप्तिका आधार हुन् ।

Comments

Popular posts from this blog

Top 10 Richest Man/People in Nepal under 2022 || नेपालको सबैभन्दा बढी धनी व्यक्तिहरु

The Most Beautiful Towns and Cities in Nepal || Top Beautiful Towns and Cities in Nepal

Top 15 Countries by GDP in 2022